काठमाडौँ, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गिय संगठन प्रोगेसिभ इन्जिनियरिङ एसोसिएशन नेपाल (पिन) र जनता समाजवादी पार्टी (जसपा)को इन्जिनियरिङ संगठन राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठवन्धन भएको छ ।
आज दुवै संगठनको गठबन्धन बनेको हो । पिनका तर्फबाट अध्यक्ष इ. शम्भु बहादुर श्रेष्ठ र संघको तर्फबाट इ. भगवान झाले संयुक्त रुपमा हस्ताक्षर गर्दै गठबन्धनलाई औपचारिकता दिनुभएको हो । यो सँगै राष्ट्रिय राजनीतिमा समेत एमाले र जसपाको संयुक्त सरकार तथा गठबन्धन हुने आंकलन गर्न सकिने भएको छ ।

माओवादी केन्द्रले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा एमाले र जसपाको सरकार बन्ने वा निर्वाचनमा जाने प्रवल सम्भावना रहेको निकट स्रोतले बताएका छन् ।
