भोलि हुने प्रतिनिधिसभा बैठकमा तीन कार्यसूची तय

काठमाडौँ, २२ चैत । सोमबार बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित ३ कार्यसूची तय गरिएको छ ।

संघीय संसद सचिवालयले आइतबार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने सम्भावित कार्यक्रम तय गरिएको छ । 

प्रधानमन्त्रीका केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् । 

प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई बोल्नका लागि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक