काठमाडौँ, २२ चैत । अनेरास्वविूका अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई स्पष्टीकरण मागेका छन ।
एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको हो । अध्यक्ष महरले २४ घण्टे स्पष्टिकरण माग्दै निर्धारित अवधिमा कुनै प्रतिक्रिया प्राप्त नभएमा विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।
महरले संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेको भन्ने प्रश्न उठाएका छन् ।
