वैशाख ३ मा सुवेदी र चुडालको संसदीय सुनुवाइ हुने

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालका सम्बन्धमा आगामी वैशाख ३ गते संसदीय सुनुवाइ हुने भएको छ ।

आज बसेको समितिको बैठकमा उजुरीकर्तासँग छलफल भए पनि अर्को बैठकमा थप प्रक्रिया अघि बढाउने गरी बैठक टुंगिएको हो । आज सांसदहरुको व्यस्तताका कारण बैठक चाँडै टुङ्ग्याइएको बताइएको छ ।

यद्यपि न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । संसदीय सुनुवाइ समितिमा पनि सुवेदीको योग्यतालाई लिएर उजुरी परेको छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट