माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ, २२ चैत । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि