बन्द भएका विद्यालयहरु आजदेखि खुल्दै

काठमाडौँ, २२ चैत । वायु प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।

देशभर प्रदूषण अतिहानिकारक अवस्थामा पुगेपछि सरकारले गएको मङ्गलवारदेखि शुक्रवारसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बालबालिकाहरुकाे स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हाे ।

तर वायु प्रदूषण कम हुँदै गए पनि कोरोना भाइरसको सङ्क्रमणको डर कायमै रहेकाले आवश्यक सजगता अपनाउन ससरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज  । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजे

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना