काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् ।
यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन् । ‘राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु हरेक दिन राजीनामा माग्या छन्, माग्या छन् । मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिँदैनन् । राजीनामा माग्छन् । राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ ओलीले भने । प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ ।
‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’, समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन् । याे समाचार आजको नागरिक दैनिकमा छ ।