भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

काठमाडौँ, २२ चैत । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन् ।

तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरु त्यहाँबाट विस्थापित भइ करहियाको खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए । ३२ परिवार थारु र दलित समुदायका रहेका छन् ।

सुरुमा १०–१५ परिवार बस्दै आएकोमा २०२५ सालमा नदीले थप कटान गरेपछि थप परिवार सुरक्षित आश्रयका लागि सो ठाउँमा आएको वडाध्यक्ष मिश्रीलाल चौधरीले बताए । सोझा साझा जनतालाई थाहै नदिई भूमाफियाले गाउँ ब्लकको जग्गा आफ्नो नाममा दर्ता गराएको उनले बताए । उनका अनुसार जग्गा दर्ता गर्ने निकाय र दर्ता गराउनेको मिलेमतो र गलत प्रवृतिको कारण जनताले दुःख पाएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत