बंगलादेशमा पुन: लडकडाउन, फिलिपिन्सले अझै कडा पार्ने

एजेन्सी, २२ चैत । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेश र फिलिपिन्सले फेरि लकडाउन गरेका छन् ।

दक्षिण एसियाली मुलुक बंगलादेशले एक सातका लागि  लकडाउन घोषणा गरेको छ । स्थानीय समयअनुसार भोलि आइतबारबाट लागू हुने गरी बंगालदेश सरकारले लकडाउनको घोषणा गरेको हो। बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए । उनले अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारू हुने जानकारी दिए । यस्तै फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागू गर्ने निर्णय गर्दै अवधि थपेका हुन्। राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजनमार्फत दिएको जानकारीअनुसार सरोकारवाला र विज्ञहरूले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिँदै सिफारिस गरेकोले थप गरिएको हो । देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । सिन्ह्वा/रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन