दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे, दुई दिनमा एउटा पुल निर्माण: मन्त्री नेम्वाङ

काठमाडौँ, २१ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सरकारले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे तथा यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरेको बताउनुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १६५ रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले सरकारको तिव्र विकास प्रतिको गतिले मुलुकमा पूर्वाधारको क्षेत्रमा सडक अन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै सरकारको चाहना सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्ने भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन् । प्रति दिन साढे ६ किलोमिट बाटोहरु बनेको अवस्था छ । विगतका वर्षमा दर्जनौं पुल बन्न सक्दैनथ्यो । यो सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको जगजाहेर छ।’

८० राजमार्गलाई तीव्रता दिएपनि अझै पनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको अवस्था भने रहेको स्वीकार गर्दै मन्त्री नेम्वाङले अब रणनीतिक सडकमार्फत प्रदेश राजधानी, जिल्ला सदरमुकाम, एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्र तथा एक जिल्लाबाट अर्को जिल्ला सहज रुपमा जोडिने बताउनुभयो । यस्तै राष्ट्रिय राजमार्गले तथा प्रदेश र स्थानीय तहमातहतको राजमार्गले समेट्न नसकेका कुराहरु रणनीतिक बाटोमार्फत सुरुवात गरिने पनि उहाँले बताउनुभयो । संघीयता कार्यान्वयन गर्ने शिलसिलामा राष्ट्रिय आकाक्षा पुरा गर्ने सन्दर्भमा यो योजना कोशेढुंगा हुने सरकारको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्