सरकारको ऐतिहासिक कदमः प्रम ओलीद्वारा एकै पटक १ सय ६५ सडक शिलान्यास

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै पटक एक सय ६५ वटा सडकको शिलान्यास गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगत देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा एक एक वटा ठूला सडकहरुको आज प्रधानमन्त्री निवास वालुवाटारबाट स्वीच अन गरी प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्नुभएको हो । यो सँगै अब कुनै पनि स्थानीय तह मुख्य सडकबाट बञ्चित हुनुपर्ने छैन । उक्त सडकहरु आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य बनाइएको छ ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय अध्ययन तयार भएको छैन ।

गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत