आहा रारा गोल्डकप फुटबल आजदेखि सुरु

 काठमाडौँ, २१ चैत । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् ।

प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप-विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्