‘कोरोना कहरबाट बाहिरिएर तंग्रिरहेका शैक्षिक संस्था अब बन्द गर्न सकिदैन’

काठमाडौँ, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण मंगलबारदेखि शुक्रबारसम्म चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरी निर्देशन दिएको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले हालको वातावरणीय प्रतिकूलताका कारण विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएको भन्दै चार दिनसम्म देशभरिका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै स्थानीय तहहरूले विज्ञप्ति जारी गर्दै भर्खरै मात्र कोरोना कहरबाट बाहिरिएर तंग्रिरहेका शैक्षिक संस्था अब बन्द गर्न नसकिने मन्त्रालयको निर्देशन मान्न नसकिने जवाफ दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्