वाग्मती प्रदेश सभाको बैठक बोलाईयो

हेटौंडा, २१ चैत । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ः०० बजे बस्ने भएको छ ।

गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै आज बसेको कार्यपरामर्श समितिको बैठकले यही २४ गते दिनको १ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव सम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले ल्याउने राष्ट्रिय सरोकारका विषयसँग सम्बन्धित विधेयकसहित करिब एक हप्तासम्म बैठक सञ्चालनमा ल्याइने पनि जानकारी दिनुभयो । मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासका प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक हुनुभएका सदस्यले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार प्रदेशसभा सचिवालयमा यही चैत १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।

प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाका ८० सदस्य हुनुभएका भएता पनि हालै सर्वोच्च अदालतको फैसलाअनुरुप अहिले सत्तारुढ नेकपा ९एमाले०मा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली काँग्रेस २२ सदस्यका रुपमा स्थापित भएको छ ।
यसैगरी साझा विवेकशील दलतर्फ तीन, नेपाल मजदुर किसान पार्टी दुई, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021