अमेरिकाको संसद भवन अगाडि आक्रमण, एक प्रहरीको मृत्यु

एजेन्सी, २१ चैत । अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ । वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्