माधव समूहमा लाग्यो कडा झड्काः केन्द्रीय सदस्य प्रम ओली समूहमा प्रवेश

काठमाडौँ, २० चैत । नेकपा एमालेमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाड्नुभएको छ ।

गत चैत ४ र ५ गतेको माधव नेपाल पक्षको राष्ट्रिय भेलासम्म नेपाल पक्षमै रहेका मेन्याङ्वो प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पनि संवाद गर्नुभएको थियो । पक्षले समानान्तर कमिटीहरुको अभ्यास गरिरहेका बेला नेपाल उहाँले शुक्रवार गृहजिल्ला ताप्लेजुङमा युवा संघको कार्यक्रममार्फत आफू माधव नेपालको पक्षमा नरहने घोषणा गर्नुभएको हो ।

एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेत समेत उपस्थित युवा संघको कार्यक्रममा मेन्याङ्बोले आफू अब एमालेको विधान बमोजिम अघि बढ्ने र पार्टीको समानान्तर कमिटी निर्माण प्रक्रियामा विपक्षमा रहने घोषणा गर्नुभयो । मेन्याङ्बाले भन्नुभयो, ‘फागुन २३ गते सर्वोच्चको फैसलापछि नेकपा एमाले जिन्वाद भनेर पहिले पोष्ट गर्नेमध्य म हुँ । मैले भावनामा बगेर त्यसो गरेको थिइन । अब म नेकपा एमालेको बिधान अनुसार अघि बढ्छु र समानान्तर कमिटी गठन प्रक्रियाको विपक्षमा उभिनेछु ।’

उहाँले समानान्तर कमिटी गठन गर्ने कुरामा आफ्नो विमति रहेको र त्यो पार्टी विधान तथा अनुशासनको उल्लंघन भएकलो त्यसमा साथ दिन नसकेको बताउनुभयो । ताप्लेजुङ पछिल्लो समय माओवादी केन्द्रका टंक आङ्बुहाङ,पासाङ शेर्पा एमालेको केन्द्रीय सदस्य भइसकेका छन् भने मेन्याङबोले पनि माधव नेपालको साथ छाडिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार

जनकपुरधाम, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । जिल्ला

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021