व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौं: मन्त्री भट्ट

काठमाडौँ, २० चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने बताउनुभएको छ ।

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताउनुभएको छ ।

आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । आयल निगम सम्बन्धी समस्याहरूलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रूपमा समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढिरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र नाफामुखी हुने र सोहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि बताउनुभयो । तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाको भनाइ छ । अनुगमन गर्दा आचारसंहिता भित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनैपनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा