किरण खेरलाई ब्लड क्यान्सर

काठमाडौँ, १९ चैत । बलिउडकी सफल कलाकार किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले जनाएको छ । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भाजपाका चन्डीगढ अध्यक्ष अरुण सुदले मिडियासँग कुरा गर्दै भने–‘गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । उनले, चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी छिन् ।’

बलिउडमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी किरणले यसपछि ‘सरदारी बेगम, देवदास, वीर जारा, ओम शान्ती ओम, खुबसुरत’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै