विश्वकप छनोटमा इङ्ग्ल्याण्डकाे लगातार जित

काठमाडौँ, १९ चैत । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनाेट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ ।

गएराति भएको खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ । यस्तै, विश्वकप छनाेट खेलमा गएराति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् ।

स्कटल्याण्डले फारो आइल्याण्डलाई, इजरायलले मोल्डोमालाई, डेनमार्कले अस्ट्रियालाई र आइल्याण्डले लेचटेनस्थेनलाई समान ४-० गोल अन्तरले पराजित गरे । यस्तै,अर्मेनियाले रोमानियालाई ३-२ गोल अन्तरले पराजित गर्यो भने कोसोभो स्पेनसँग ३-१ गोल अन्तरले पराजित भयो । यस्तै, इटलीले लुथिनियालाई २-० गोल अन्तरले हरायो । ग्रीस र जर्जियाले १-१ गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा फ्रान्सले बोस्नियालाई १-० गाेल अन्तरले हरायो भने युक्रेन र काजखास्तानले एक/एक गोलको बराबरी खेले ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021