अविश्वासको प्रस्तावबाट पछि हट्यो माओवादी

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार गठनमा खासै चासो नदिएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हच्किएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीविरुद्ध चाँडै नै अविश्वासको प्रस्ताव ल्याउने आइतबार बताएका थिए । उनले नयाँ सत्ता समीकरण मिलाउन काँग्रेस र जसपासँग दुई दिनसम्म गरेको छलफल सकारात्मक नभएपछि माओवादी अविश्वासको प्रस्ताव ल्याउने योजनाबाट पछि हटेको हो ।

माओवादी केन्द्र स्थायी कमिटी सदस्य एवम् प्रमुख सचेतक देव गुरुङले ओली नेतृत्वको सरकार कामचलाउ भइसकेकाले तत्कालै अविश्वासको प्रस्ताव ल्याउन जरुरी नभएको बताए । उनले विधि अनुसार यही चैत २३ गतेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए । अहिले सरकारको नेतृत्वको गरिरहेका व्यक्ति कुन विधिले चलिरहेका छन् भन्ने प्रश्न उठेको गुरुङको भनाइ छ । फागुन २३ गते सर्वोच्च अदालतले दल विभाजनको फैसला गरेपछि सरकार अल्पमतमा परेको उनी बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021