भारतद्वारा नेपाललाई एकै दिन १३ वटा सडक खण्ड निर्माण सम्पन्न गरी हस्तान्तरण

काठमाडौँ, १९ चैत । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गतका भारत सरकारबाट अनुदान सहयोगमा निर्माण सम्पन्न १३ वटा सडक खण्ड भारत सरकारले बुधवार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले सयुक्त रुपमा बटन थिचेर भर्चुअल समुद्घाटन गर्नुभयो । हुलाकी राजमार्गको जम्मा लम्बाई १८५७ किलोमिटर रहेको छ । यस मध्ये निर्माण सम्पन्न भएको २७३ किलोमिटर सडक आज हस्तान्तण भएको हो ।

हुलाकी राजमार्गको ९प्रारम्भिक० कुल लागत अनुमान रु ६५ अरब रहेको छ । यस मध्ये भारतीय सहयोग रकम रु ८ अर्ब रहेको छ । हुलाकी राजमार्गको मेची महाकाली ९७५ किलोमिटर रहेको छ भने यसमा जोडिने उत्तरदक्षिण सहायक सडकहरु ८८७ किलोमिटर रहेको छ । हुलाकी राजमार्गको निर्माण कार्य २०६५/०६६ मा प्रारम्भ भएको थियो । २०७९ /०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । भारतीय सहयोग रहेको बाँकी एक खण्डको निर्माण कार्य केहि महिना भित्रै सम्मपन्न हुने गरि काम भईरहेको छ । यस बाहेक बाँकी खण्ड नेपाल सरकारको आफ्नै लगानीमा निर्माण कार्य भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले हुलाकी राजमार्ग विगत लामो समयदेखि अस्तित्वमा रहेको कारण आफैमा ऐतिहासिक सडक रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले भन्नुभयो ुसम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको नेतृत्वमा रहेको वर्तमान सरकारको मुल नारा ‘समृद्ध नेपाल सुखी नेपालीु रहेको र यसलाई साकार पार्न यातायात लगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।’

उहाँले नेपालको विकासमा भारत एउटा ठूलो विकास साझेदार रहेको उल्लेख गर्दै भारत सरकारको सहयोगमै जयनगर(जनकपुर रेलवे निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो । त्यस्तै राजदुत क्वात्राले प्रधानमन्त्री तथा मन्त्रीले आयोजना सम्पन्न गर्न खेल्नु भएको भूमिका प्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले हुलाकी राजमार्गले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021