आठ जिल्लामा ५ सय ४९ स्थानमा भारतीयले नेपाली भूमिमा बलमिचाइँ

File Photo

काठमाडौँ, १९ चैत । वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेको झुप्रा पनि छन् । नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । 

सशस्त्र प्रहरीले गरेको  सर्वेक्षणका अनुसार प्रदेश २ का विभिन्न जिल्लाका ५ सय ४९ स्थानमा भारतीयले नेपाली भूमिमा बलमिचाइँ गरेका  छन् । सप्तरीमा ११, सिरहा २९, धनुषा ३९, महोत्तरी २५, सर्लाही १ सय २, रौतहट ६, बारा ११ र पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली भूमि प्रयोग गरिरहेका छन् । 

सर्लाहीको मलंगवा–५ भाँड्सरका ६५ वर्षीय समसुल हक भन्छन्, ‘म बालक छँदा घर अगाडि दशगजामा पिलर थियो । अहिले त्यो पिलर छैन । त्यो ठाउँमा पारिका मान्छेले लगाएको लहलहाउँदो गहुँ छ ।’ पुरानो पिलर ओझेलमा पाररे नयाँ राखिएपछि भारतीयले नेपालतर्फको जमिन अतिक्रमण गरेको उनी बताउँछन् । 

भाँड्सर नेपाल–भारत दशगजा नजिकको गाउँ हो । २०४२ सालमा दुई देशका नापजाँच गर्ने टोली आएर नयाँ पिलर नेपालतर्फ गाडिदिएको हकको दाबी छ । भारतीय पक्षले नेपालतर्फ नयाँ पिलर गाड्दा नेपाली टोलीले प्रतिवादसमेत नगरेको उनले बताए । ‘हामी बोलेका हौं तर हामीले बोलेको कसैले सुन्दैन,’ उनले भने, ‘हामी सीमामा बस्नेलाई पारिबाट हेपेको अनुभव हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021