‘डान्स दीवाने ३’का १८ सदस्य कोरोना संक्रमित

मुम्बई, १८ चैत । अभिनेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालिया जर्ज रहेको डान्स रियालिटी शो ‘डान्स दीवाने ३’मा कोरोना पाइएको छ ।

राधव जुएल होष्ट रहेको यो शोका १८ सदस्य कोरोना संक्रमित भएका छन् । जसको जानकारी फिल्म उद्योग कर्मचारी संघले दिएको हो । डान्स दीवाने ३’ शो प्रसार हुने टेलिभिजन ‘कलर्स’ च्यानलका प्रवक्ताले समेत कोरोना संक्रमितको पुष्टि गरेका छन् । उनले भनेका छन् ‘डान्स दीवाने ३’ की टीमका केही सदस्यमा कोरोना संक्रमित पाइएका छ ।’

फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलोइज ( एफवडब्ल्युआईसीई’का महासचिव अशोक दुबेले शोका १८ सदस्य कोरोना संक्रमित भएको बताएका छन् । ‘दुई दिन पहिले शोका १८ सदस्यमा कारोना संक्रमित भेटिएको थियो’ दुबेले भने ‘उनीहरु घरमा रहेका छन् । उनीहरुको साटो दोस्रो ब्यक्ति काममा राखिएको छ ।’ उनले शोका निर्णायक माधुरी, धर्मेश र तुषार भने ठिक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021