मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्रीकै वरिपरि घुम्छ: नेता बस्नेत

पाँचथर, १८ चैत । पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । 

संसदले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए । प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसदमा पेश हुन नसक्ने अवस्थाले संसदले प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए । 

‘कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ’, बस्नेतले दाबी गर्दै भने, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।’ उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरूद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

‘जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न’, बस्नेतले भने, ‘कारबाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।’ रासस


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021