कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको भरमा

काठमाडौँ, १८ चैत । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोक सेवा आयोगबाट एक सय जना शाखा अधिकृत र ८८ जना उपसचिव आउने क्रममा रहेकाले तत्कालका लागि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव भएको बताए । “प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तहमा सम्बन्धित स्थानीय तहमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ”, उनले भने, “लोक सेवाबाट कर्मचारी पूर्ति नभएसम्मका लागि सेवाग्राहीको काम नरोकिने गरी मन्त्रालयले वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गर्दै आएको छ ।”

उनका अनुसार स्थानीय तह कर्मचारीको रोजाइमा नपरेको, उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भएकाले उपमहानगरपालिका सहसचिव सेवा प्रवाहका लागि जान नमानेको, सङ्घीय सरकारले प्रशासकीय अधिकृतको दरबन्दी सिर्जना गर्न नसकेको, हाल रहेका शाखा अधिकृत र उपसचिव पनि स्थानीय तहमा जान नचाहेका कारण यति धेरै सङ्ख्यामा कर्मचारी रिक्त रहेका हुन् । सबैभन्दा धेरै प्रदेश २ का स्थानीय तह निमित्तका भरमा चलिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021