दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार

जाजरकोट, १३ चैत्र । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीयवासीले सहजरूपमा सञ्चार सुविधा पाएका हुन् ।

जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिनअघि तथा बारेकोट गाउँपालिकामा बिहीबारदेखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माणसँगै बारेकोटका सबै वडा, जुनीचाँदेका सबै वडा, शिवालयका सबै वडा र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयवासीमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

यसअघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नुपरेको थियो । एक कल फोन गर्न घण्टौँ टाढा जानुपर्ने बाध्यता हटेको बारेकोट–५ पाखाका जनकबहादुर शाहीले बताउनुभयो । टुजी सञ्चालनमा आएको बारेकोटमा छिट्टै फोरजी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवासमेत सञ्चालनमा आइसकेको छ ।

दुई वर्षअघि सम्पन्न हुनुपर्ने यी टावर भारतीय कम्पनीले ठेक्का लिएर बीचमै छाड्दा ढिला भएको थियो । निरन्तर दबाबपछि १० जिल्लाको काम एकैपटक गर्दा जाजरकोटमा निर्माण हुने टावरका काम ढिला हुने भएकाले जाजरकोटको कामलाई अलग गरेर काम गर्न प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले टेलिकमलाई आग्रह गरेअनुसार टेलिकमले अलग बोलपत्र आह्वान गरेर काम गरेको थियो । अलग गरेको छ महिनाभित्र जाजरकोटका तीन पालिकामा टावर निर्माण भएका छन् । नलगाड नगरपालिका–८ गराइलामा टावर निर्माण जारी छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सर्भेको काम सम्पन्न भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२