विद्युतीय सवारी : चार्जिङ स्टेसन निर्माण सुरु

काठमाडौँ, १३ चैत । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन  निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ  न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।

प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि  २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ । कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ (एलओआई) पठाइएको  छ ।  प्राधिकरणका  प्रवक्ता मदन  तिम्सिनाले  भने,  “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब  छिट्टै  सम्झौता  भई  काम  सुरु हुन्छ ।  सम्झौता  भएको  एक  वर्षमा निर्माण सकिनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा