बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित

काठमाडौँ, ९ चैत । कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।

गएराति  भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन् ।

बार्सिलोनाको जितमा मेस्सीले ५६औं र ८९औं मिनेटमा गोल गरे । यस्तै सर्जिनो डस्टले पनि दुई गोल गरे । उनले ४३औं र ५३औं मिनेटमा गोल गरे । एन्टोनी ग्रीजमनले ३७औं र उसमान डेम्बेलेले ७१औं मिनेटमा गोल गरे । सोसिडाडका लागि एन्डर बारेनेट्जाले ७७औं मिनेटमा एक गोल फर्काए । जितपछि बार्लोना ला लिगाको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । २८ खेलबाट ६२ अंक जोडेको बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । समान खेलबाट ६० अंकसहित रियल तेस्रो स्थानमा छ ।

२८ खेलबाट ने ६६ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ । २८ खेलबाट ४५ अंक रहेको सोसिडाड पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट