टी–ट्वान्टी सिरिज भारतले जित्यो

काठमाडौँ, ८ चैत । घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

गएराति भएको अन्तिम तथा निर्णायक पाँच खेलको रिसिजमा भारतले ३–२ को जित हात पारेको हो ।

अहमाबादमा भएको खेलमा भारतले दिएको २२५ रनको लक्ष्य इङ्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो । इङ्ल्यान्डका लागि जोस बट्लस र डेभिड मलानले अर्धशतकीय पारी खेले । ४६ बल खलेका मलानले ९ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । त्यस्तै ३४ बल खेलेका बट्लरले २ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए ।
 
त्यस्तै वेन स्टोक र श्याम करनले समान १४–१४ रन बनाए । बलिङतर्फ भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट हात पारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२४ रन बनायो । भारतका लागि रोहित शर्मा र विराट कोहलीले अर्धशतकीय पारी खेले । 

५२ बल खेलेका कोहलीले ७ चौका र २ छक्काको सहयोगमा ८० रन बनाए । त्यस्तै ३४ बल खेलेका रोहितले ४ चौका र ५ छक्काको सहयोगमा ६४ रन बनाए । यसअघि, पहिलो टी–ट्वान्टी ८ विकेटले हारेको भारतले दोस्रो टी–ट्वान्टीमा ७ विकेटको जित निकालेको थियो । तेस्रो टी–ट्वान्टीमा इङ्ल्यान्डले ८ विकेटको जित निकाल्दा चौथो र पाँचौंमा भारतले जित निकाल्यो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट