‘सूचना प्रविधिको दुरुपयोग रोकिनुपर्छ’

काठमाडौँ, २ चैत । सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् ।

आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने उहाँहरुको जोड छ । कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घ (क्यान महासङ्घले)आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भए पनि यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको बताउनुभयो ।

“सूचना प्रविधिको पहुँच र प्रयोग तीव्ररूपमा बढेको छ । समाचार पत्र र सञ्चारगृह आफैँमा द्विविधामा छन् कुन विषयवस्तु कसरी दिने भनेर । सूचना सम्प्रेषणमा प्रविधिले राम्रो कुरा ल्याएको छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता स्थापित गर्न पनि धेरैहदसम्म भूमिका खेलेको छ, प्रविधिसँगै आएका खराब पक्षलाई मिडिया, पाठक र समाजले पनि प्राथमिकता निर्धारण गर्न अपरिहार्य छ”, उहाँले भन्नुभयो ।  पत्रकार प्रधानले पत्रकारले सूचना, मनोरञ्जन र अत्याचारलाई छुट्टयाएर पत्रकारितालाई जिम्मेवार बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक  निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताउनुभयो । उहाँले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताउनुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021