सी डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, १ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ ।

२०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन नसकेपछि एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ ।

१४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।

सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् । यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् ।

दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ । समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र