एपीएफका दिपेश र पुलिसका विष्णु क्वाटरफाइनलमा

काठमाडौँ, २९ फागुन । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । 

एपीएफका धामीले शुक्रबार भएको खेलमा नेपाली सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ अङ्कले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउनुभएको हो । यस्तै नेपाल पुलिसका कटुवालले सेनाका डेभिड थापालाई २३–२५, २१–१९ र २१–१७ अङ्कले पराजित गर्नुभएको हो । 

यसैगरी पुरुष एकलतर्फ सेनाका पविन लिनथेप, सेनाका रुकेश महर्जन र भोजबहादुर गुरुङ, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले आ–आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला एकलतर्फ धादिङकी तारा आले र नेपाली सेनाकी प्रार्थना देउवा पनि क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । 

आलेले सेनाकी डेमोना केसीलाई २१–१० र २१–७ अङ्कले तथा देउवाले बुटवलकी प्रतिष्ठा अर्याललाई २१–६ र २१–७ को सोझो सेटमा पराजित गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र