लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ, २८ फागुन । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आज आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो  ।

बाटोको ट्रयाक खोल्न कार्य सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगको टोलीले ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा लेखा अधिकृत सापकोटाले सेवाग्राहीसँग घुस लिन इन्जिनियर कार्कीलाई निर्देशन दिएको पाइएपछि उनीविरुद्द्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड