नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग छैन: मुख्यमन्त्री गुरुङ

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नभएको बताएका छन ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको ठोकुवा गरेका छन । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेको भन्दै कडा आपत्ति जनाएका छन । उनले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने सपना नदेख्न माधव नेपाल समुहलाई सुझाएका छन । मुख्यमन्त्री गुरुङ माधव नेपालहरु एमालेमा आएको हो भने ओलीसँग झगडा गर्ने काम नगर्न पनि चेतावनी दिए ।

उनले भने, ‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो त थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु ।’ मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सातमध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने बताए । उनले भने, ‘पूर्व प्रधानन्यायाधीशहरू, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, विभिन्न पार्टी, नागरिक समाजको नामका गेरुबस्त्र धारण गर्नेहरू सबैले केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेकै हुन् । यी सबैको सामना गरेर हामी अघि बढ्यौं, अहिलेको राजनीतिमा ओलीलाई पराजित गर्ने कुनै नेता छैन, यो तथ्यलाई बुझ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021