तानातानमा जसपा : नगद मै मात्र कुरा हुने अडान

काठमाडौँ, २७ फागुन । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन् ।

जसपाले भने दुवै पक्षसँग आफ्नो माग सम्बोधन हुने ग्यारेन्टी खोजिरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको जसपाले प्रधानमन्त्री ओली र अर्को पक्षलाई उधारो होइन नगद मै मात्र कुरा हुने अडान लिएको हो ।

एमाले र माओवादी केन्द्र दुवैले बुधबार पनि जसपाका नेतासँग भेट गरेका छन् । जसपाभित्रको राजपा पृष्ठभूमिका नेता अझ धेरै तानातानमा देखिएका छन् । समाजवादी पृष्ठभूमिका नेता भने केहीबाहेक ओली नेतृत्वको सरकारको विपक्षमा छन् । माओवादी केन्द्रले साथ छाडे नपुग १८ मतका लागि ओलीले जसपाभित्रको राजपा पृष्ठभूमिका नेतालाई फकाउने प्रयास राखेका छन् ।

माओवादी केन्द्र भने यो सरकारको विकल्पमा अर्को समीकरण बनेपछि मात्र समर्थन फिर्ता लिने पक्षमा देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको पाँच दलीय सत्ता गठबन्धनको बैठक आज शनिबार बस्दैछ ।

काठमाडौँ, १५ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र

काठमाडौँ, १५ माघ । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका

काठमाडौँ, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021