‘वी आर वीथ केपी ओली’ भन्दै माओवादीका पाँच सांसद एमालेमा प्रवेश

काठमाडौँ, २६ फागुन । प्रदेश नं २ को प्रदेशसभाबाट नेकपा माओवादी केन्द्रका पाँच जना सांसदले विद्रोह गर्ने भएका छन् ।

प्रदेश सभा सदस्यसमेत रहेकी पूर्वराज्यमन्त्री ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, दिलिप साह, कुन्दन साह, मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन ।

माओवादी शीर्ष नेताहरू रामबहादुर थापा, प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्टहरूले जुन बाटो अपनाउनुभयो आफूहरूले पनि सोही बाटो अपनाउने सांसद साहले स्पष्ट पारिन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडान, मधेसको विकास रअन्य सामाजिक समस्यामा देखाएको चासोले आफूलाई नेकपा एमाले भन्नमा गौरव हुने बताइन ।

उनले भनिन, ‘म कुनै बेला प्रचण्डजीको किचन क्याबिनेट हुँ । जनयुद्धमा पनि लामो समय लडभिड गरेकी योद्धा हुँ, तर प्रचण्डजीले न देशको हितमा काम गर्न सक्नुभयो न कार्यकर्ताको संरक्षण गर्न, ‘समग्र देश र मधेसको हित नेकपा एमाले र केपी ओलीले गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । हामीले पार्टी परिवर्तन गर्दा पद रहन्छ कि जान्छ भन्ने हिसाब गरेका छैनौँ । म गौरवसाथ भन्छु ‘वि आर विथ केपी ओली ।’ प्रदेश सांसदहरूसँगै स्थानीय तहका ठूलो संख्यामा जनप्रतिनिधिले विद्रोहको तयारी गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले दिएको जानकारीअनुसार प्रदेश २ बाट करिब १० जना मेयर, १२ जना उपमेयर र ४० जना जति वडा अध्यक्षहरू सामूहिक रूपमा एमालेमा समाहित हुने तयारीमा छन् ।

‘हामी सबै तहका साथीहरूसँग छलफलमा छौँ । हामीले पार्टी बदल्दा पोजिसन के हुन्छ ?, ’एक मेयर भन्नुहुन्छ, ‘हाम्रो पद सुरक्षित हुन्छ कि हुँदैन । हुँदैन भने एमालेले हामीलाई के कस्तो जिम्मेवारी दिन्छ । यी सबै विषयमा फागुन २८ गतेसम्ममा छलफल गरेर टुंगोमा पुग्छौँ ।’  ‘हामी रामबहादुर थापाको समूह र प्रधानमन्त्रीसँग पनि एक पटक छलफल गरेर निष्कर्षमा पुग्छौँ । यसका लागि हामी २८ गतेसम्ममा सबै कुरा टुंग्याउछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021