माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : मन्त्री भट्ट

काठमाडौँ, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् ।

प्रआज तिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए ।

उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । समर्थन फिर्ता लियो भनेपनि पार्टी (माओवादी केन्द्रमा) मा फर्किने सम्भावना मैले देख्दिन ।’ सांसद पद गए पनि एमाले नछोड्ने ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने/नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ ? सोचेर निष्कर्ष निकाल्छौं ।’

‘हिजो एकता भएको हो । हामी एकतामा केपी कित्तामा लागेको हो । हामीले हिजोको विचार, हिजोको एकता, हिजोको नेतृत्व, विचारको नेतत्व गर्नुपर्छ भनेर त्यता उभिएका थियौं । अहिले नयाँ परिस्थिति सिर्जना भएको छ । नयाँ परिस्थितिमा हामी कसरी जाने भन्ने बारेमा गृहकार्य भइरहेको छ,’ भट्टले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021