प्रधानमन्त्रीको अभिव्यक्तिमा टिप्पणी गर्ने गगन थापाको ‘झुट दलिल’

काठमाडौँ, २६ फागुन । सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको सदनको विघटन र नयाँ निर्वाचनको घोषण बदर गरिदिए पछि २३ गते सुरु भएको प्रतिनिधि सभाको बैठक कार्यसूचीमै असहमति जनाएर पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समुहले बहिष्कार गर्यो । बैठक सुरु हुनासथ सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् पुनरगठन सम्बन्धी पत्र पढ्नासाथ दाहाल नेपाल समूहका साँसद उठेर सदन अबरोध गरेका थिए । सो समूहका नेता भिम रावलले समय लिएर बोल्दै भनेका थिए असंबैधानिक सरकारले मन्त्रीपरिषद पुनरगठन गर्न मिल्दैन । २३ गते सर्बोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई दिएको मान्यता र नेकपा एमाले र माओवादी केन्द्र बिउताउने निर्णय राजनैतिक हो । अब प्रधानमन्त्री कुन पार्टीको हुनहुन्छ । त्यसपछि उक्त समूहले सदन बहिष्कार गरेको थियो ।

त्यसपछि सभामुखले अर्को कार्यसूची संबैधानिक परिषद सम्बन्धि अध्यादेश टेबल गर्न कानुन मन्त्री लिला श्रेष्ठलाई जिम्मा दिनुभयो । मन्त्री रोस्ट्रमजाँदै गर्दा कांग्रेसका सांसदहरुले उभिएर बिरोध जनाएका थिए । सभामुखले पुष्पा भुसाल र बाल कृष्ण खाडलाइ सो विषयमा धारणा राख्न दिनु भयो । त्यस पछि मन्त्री श्रेष्ठलाई अध्यादेश टेबल गर्न समय दिनुभयो । मन्त्रीले टेबल गर्न बोल्ने क्रममा कांग्रेस साँसदहरु हो हल्ला गर्दै रोस्ट्रम घेर्न पुग्नुभयो र नारा लगाउन थाल्नु भयो । सो अध्यादेश पछी पेश गरिने अध्यादेश थियो एसिड आक्रमण विरुद्धको अध्यादेश । सभामुखले अघिल्लो अध्यादेश टेबल भैसकेकोले बाँकि अध्यादेश र बहालवाला र पूर्वसांसदहरुको निधनमा श्रद्धाञ्जली गर्ने कार्यसूची अगाडि बडाउन खोज्नु भयो तर कांग्रेस सांसदहरुले रोस्ट्रम छोडेनन् । त्यसपछि सभामुखले १० मिनेटलाइ बैठक स्थगित गर्नु भयो । सभामुखको कोठामा एमाले, कांग्रेस र सजपा सहितको बैठक बसेर सदन सुचारु गर्ने प्रस्ताव आयो तर कांग्रेस मानेन ।

सो बारेमा हाम्रो जिज्ञासामा एमाले सांसद किसान श्रेष्ठ भन्नुहुन्छ, ‘संबैधानिक परिषद सम्बन्धि विधयेक टेबल भैसकेको सन्दर्भमा एसिड आक्रमण शीत सम्बन्धित विधेयक र स्वर्गीय सांसदहरूको श्रद्धाञ्जली गर्न नदिनु भनेको रिसाको बिरालोले थामो चितेरोको जस्तै हो ।’

अर्की एमाले सांसद निरुदेवी पाल भन्नुहुन्छ, ‘संसद पुनास्थापनाको लागि आन्दोलन गर्ने दाहाल नेपाल समूह अनि अदालतको फैसला पछि लड्डु खाने साथिहरु पहिलो सदन छोडेर हिडनु दुखद कुरा हो । त्यस्तै लोकतन्त्र र संसदीय ब्यबस्थाको पक्षपाती कांग्रेसले रोस्ट्रम गेर्ने अवरोध गर्ने झन बिड्म्बना हो ।’

एमाले सचेतक शान्ता चौधरी भन्नूहुन्छ, ‘सभामुखको भिमिकाको कारण तेस्तो बाताबरण भयो । उहाँले सर्बोच्चको फैसलाको बारेमा राखेको मन्तव्य नै सरकारलाई लाल्छना लगाउने खालको थियो। कर्य परामर्श समितिको बैठक नबसि आफू पक्ष सासद्को अनुकुल बैठक चलाउन खोक्ज्नु भयो । सदनमा बोल्न दिन पनि पक्षपात गर्नुभयो । भिम रावल, पुष्पा भुषाल र बाल्कृष्ण खाँड्लाइ बोल्न दिनु भयो । खगराज अधिकारी, महेश बस्नेत, प्रेम सुवाल र हामीलाई बोल्न दिनु भएन । समस्या त्यहीबाट सुरु भयो ।’

अफुलाइ सदैब सेलिबेट्री ठान्ने सांसद गगन थापाले सदनको कार्यसूचीका बारेमा प्रधानमन्त्रीलाई दोष लगाएर बोले को कुरा सफेद झुट हो । एमाले सासद पदम गिरी बताउँछन् । संबैधानिक परिषद विधेयक टेबल भैसके पछी एसिड आक्रमण शीत सम्बन्धि बिधेयक प्रस्तुत गर्दा र श्रद्धाञ्जली गर्ने कार्यसूची अगाडी बडाउन खोज्दा कांग्रेसले सदन चल्न नदिएको हो । आँउदो २६ गतेको सदनमा आउने कार्यसूचीले यो स्पष्ट पर्दछ । गगनको नाम गनगन र झुट थापा त्यसै भनेका होइन रहेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा