एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ, २६ फागुन । युभेन्टसलाई पछि पार्दै एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

गएराति ब्न्हाएको खेलमा युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टसका लागि चिएसाले ४९ र ६३ औँ मिनेटमा तथा पोर्टोका लागि ओलिभेराले १९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । ५४ औँ मिनेटमा तारेमी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको पोर्टोका लागि ओलिभेराले ११५ औँ मिनेटमा गोल गरे । ११७ औँ मिनेटमा राबिओटले गोल गरेर दोस्रो लिगमा युभेन्टसलाई जित दिलाए । तर उनको सो गोलले अवे गोलमा पोर्टोले लिएको अग्रता रोक्न सकेन ।

क्रिष्टियानो रोनाल्डोको टिम अन्तिम १६ बाटै बाहिरिन बाध्य भयो । रोनाल्डोले ४९ औँ मिनेटमा गोलका लागि सहयोग गरे पनि आफूले गोल भने गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021