अदालतको फैसलाले ‘म जस्तो लप्पन-छप्पन नजान्ने धेरैलाई खुसी बनायोः नेता गौतम

काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता वामदेव गौतमले अबका दिनमा विगतका तिक्तता सबैले बिर्सेर गाली र बिझ्ने शब्द नबोली एकताको बाटो खुला राख्न र आफ्नो दल सुदृढ बनाउँदै अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

मंगलबार आफ्नै निवास भैंसेपाटी पुगेका पत्रकारहरूबीच एमालेका बरिष्ठ उपाध्यक्ष गौतमले निर्वाचन आयोगले निर्णय दिन नसकेको बिषयमा अदालतले दुबै पक्षलाई सहज हुनेगरी खुलेर निर्णय दिनुलाई अन्यथा लिन नमिल्ने बताउनुभयो ।

रिट निवेदकले नमागेको बिषयमा बोलेको भनेर केहीले बोलेको सुनेको छु नमागे पनि सम्बन्धित भएर आएको र भोली आउनसक्ने बिषयलाई अदालतले सम्बोधन गरेको छ भन्दै यसो नगरिएको भए संसद दलविहीन अबस्थामा पुग्ने थियो भन्ने बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म जस्तो लप्पन-छप्पन नगर्ने र नजान्नेलाई त चित्त बुझेको छ भने यो निर्णयले धेरैलाई खुसी बनाएको छ सबैले खुसी हुनु पर्छ ।’ उहाँले अदालतले मिल्न सक्ने भए मिल नभए आफू आएका ठाउँमा फर्क झगडा नगर भन्नुलाई सहज रुपमा लिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021