एजेन्सी, २५ फागुन । भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन ।
उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका छन । हिन्दी बीबीसीका अनुसार राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएका छन । रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार सांसदहरूको बैठक बोलाएका छन ।
भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका रावत केही दिनदेखि राजीनामाको दबाब बढ्दै गएको थियो । ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६, कांग्रेसका ११ र दुई जना स्वतन्त्र विधायक छन् । एक सिट खाली छ । बहुमत भए पनि पार्टीभित्रको असन्तोषका कारण रावतलाई पदबाट राजीनामा गर्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपाले मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतका कारण उत्तराखण्डका मानिसमा सरकारप्रतिको धारणा नकारात्मक बनेको आरोप लगाएको छ ।