भक्तपुरमा राखियो ‘एमालेको साइनबोर्ड’

भक्तपुर, २५ फागुन । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा व्यूँताइदिएपछि देशभर एमालेले आफ्नो साइनबोर्ड राख्ने कार्यलाई तिव्रता दिँदै कार्यकर्तामा उत्साह प्रदान गरीरहेको छ । यसै क्रममा भक्तपुर जिल्लामा पनि नेकपा एमालेको साइन बोर्ड राखिएको छ ।

आज भक्तपुरमा एमालेको सानबोर्ड राखिएको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार सर्वोच्चको आदेश कार्यान्वयनका लागि आजदेखि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्ला पार्टी कार्यालयमा सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्दै हामीले नेकपा एमालेको बोर्ड रोखेका हौं । तत्कालिन नेकपा नरहने र साविकका पार्टी नै कायम अदालतले गरिदिएपछि पार्टी कार्यालयको साइनबोर्ड परिवर्तन गरेका हौं । अब पूर्ववत् रुपमा रहेको पार्टी कार्यालयमा एमालेको कार्यालय भएको छ ।’

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन,

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस