कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ फागुन । गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।

पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४, २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।

वलीले आफ्नो उजुरीमा भनेकी छन्, ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ ‘मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा व्यक्तिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या गरेको र सो कुरा प्रचार, प्रसार र प्रकाशन गरी मेरो मान प्रतिष्ठा र इज्जतमा धक्का पुर्याउने गरी अभिव्यक्ति दिएको स्पष्ट हुँदा गालीतर्फ मुलुकी अपराध संहित २०७४ को दफा ३०५ (१) (२) कसुर गरेको हुँदा ऐ. दफा ३०५ (३) बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ (१) (२) (क) बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ (१) बमोजिम सजाय गरी विपक्षीले मलाई बेइज्जती गर्ने कार्य विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवाना समेत गरी हदैसम्मको सजाय गरी पाऊँ । साथै ऐनको २०७ को उपदफा (२) बमोजिम कसूरको गम्भीरता र मेरो प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट भएको बेइज्जती समेतलाई विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाई भराई पाऊँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक