एसिड आक्रमणको दाग मेरो शक्तिको प्रतीक : मुस्कान खातुन

काठमाडौँ, २५ फागुन । अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनलाई प्रदान गरिएको औपचारिक घोषणा भर्चुअल कार्यक्रममार्फत गरिएको छ ।

गएराति आयोजित भर्चुअल कार्यक्रम मार्फत अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान खातुनलाई पुरस्कृत गरिएको औपचारिक घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको औपचारिक घोषणा हुनु अघि पत्रकारसँगको भेटघाटमा मुस्कानले एसिड आक्रमणका कारण अनुहारमा बसेको दागलाई चोटको रुपमा नभएर शक्तिको प्रतीक बनाएर अगाडि बढ्ने बताइन् । उनले भनिन्, ‘यही दागको कारण आज मलाई विश्वले चिनेको छ । पीडकले दिएको यो दागलाई अब कमजोरीको रुपमा नभएर शक्तिको रुपमा लिएर अघि बढ्नेछु ।’

तेजाब हमला अन्त्यका लागि लक्षित उनको कार्यका लागि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा मुस्कानले पुरस्कार व्यक्तिगत रुपमा नभएर सबै नेपालीले प्राप्त गरेको बताइन् । उनले भनिन्, ‘पीडकलाई कडा कारबाही हुनुपर्छ भनेर आवाज उठाएँ । सबैको साथले कानुन पनि बन्यो । त्यसैले यो पुरस्कार हामी सबैको हो ।’ अमेरिकी राजदूत रेन्डी बेरीले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्न तथा रसायनको बिक्रीलाई नियमन गर्नका लागि अध्यादेश जारी गराउन मुस्कानको महत्त्वपूर्ण भूमिकाको कारण पुरस्कृत गरिएको बताए । उनले भने ‘मुस्कानले अपराधीलाई दण्डित गर्न कडा सजायको माग गर्दै उठाएको आवाजले महत्वपूर्ण भूमिका खेलेको छ । भविष्यमा पनि न्यायको लागि यस्तै आवाज उठिरहोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021