भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख नाघ्यो

एजेन्सी, २४ फागुन । भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो ।  त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भइरहेको छ  । गत जनवरी १६ यता भारतमा २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021