बेलायतमा कोरोना संकरामितको संख्या घट्यो

एजेन्सी, २४ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५,१७७ जना नयां संक्रमित थपिएका छन् ।

गत हप्ताको तुलनामा कोरोना भाइरस संक्रमण दर ३१ प्रतिशतले घटेको समाचार माध्यमले जनाएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ८२ जनाको मृत्यु भएको छ । मृतक संख्या पनि केहि महिनायाताकिया कम हो । यससंगै मृतक संख्या एकलाख २४ हजार ५ सय १ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल १० हजार ८९८ छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ५४२ रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४६ हजार १०२ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ । आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज गरि दुई करोड ३३ लाख भन्दा बढी खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २२ लाख १३ हजार ११२ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख २२ हजार ४०२ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021