दाहाल–नेपाल समूहद्वारा सदन बहिस्कार: लालबाबु र तुल्सी सदनमै बसेर सरकारलाई साथ

काठमाडौँ, २३ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूहले आजको प्रतिनिधिसभाको बैठकलाई बहिस्कार गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री परिषद गठन सम्बन्धी पत्र तथा अध्यादेश प्रस्तुत गर्ने विषयमा असहमति जनाएर बहिस्कार गरेका थिए । सो भन्दा अगाडि बोलेका भिम रावलले ११ गतेको अदालतको सदनको पुनस्थापनाको फैसला स्वागत गरेर खुसी मनाएका थिए भने आजै २३ गते सर्बोच्च अदालतले ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टीलाई मान्यता दिएको फैसला राजनैतिक भनी विरोध जनाएका थिए । संसदीय परम्परामा सर्वोच्चले फैसला गरेको मुद्धालाई विरोध गर्नु भनेको अदालतको अबहेलना भएको ठहर्ने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री केपी ओली तथा माधव–प्रचण्ड दुवै समूहमा नरही स्वतन्त्र रुपमा रहेका लालबाबु पण्डित तथा तुलसा थापाले भने आज प्रतिनिधिसभाको बैठकमा बसेर साथ दिएका छन् । पण्डित र थापाले प्रधानमन्त्री ओली समूहलाई साथ दिएसँगै प्रचण्ड–माधव समूह संसदीय दलमा अल्पमतमा परेको समेत स्पष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका