संसद् सचिवालयले भन्यो: नेकपाको प्रमुख सचेतक ‘भट्टराई इन–गुरुङ आउट’

काठमाडौँ, २३ फागुन । संघीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रमुख सचेतक विशाल भट्टराई नै भएको बताएको छ ।

संसद्‌का प्रवक्ता रोजनाथ पाण्डेले भट्टराईलाई प्रमुख सचेतकका रूपमा गाडी र कार्यालयको व्यवस्थापन सचिवालयले गरिसकेको बताउनुभएको छ । सत्तारूढ दल नेकपाका संसदीय दलका नेता केपी ओलीले केही दिनअघि देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको थियो ।

तर, नेकपाकै अर्को समूह प्रचण्ड-माधव नेपाल समूहले गुरुङ नै प्रमुख सचेतक भएको भन्दै सचिवालयमा पत्र पठाएको थियो । सो पत्र भने सचिवालयमा विचाराधीन रहेको पाण्डेले बताउनुभयो । त्यस्तै, उहाँले नेकपा दलभित्रबाट भएका कारबाही र अन्य पत्राचार सचिवालयले मान्यता दिने नदिने अधिकार नराख्ने भन्दै दल विभाजनको विषय निर्वाचन आयोगको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021