आफुले खनेको खाल्डोमा आफै परे ‘प्रचण्ड–माधव’

काठमाडौँ, २३ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो ।

आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल गरेका थिए । आज सिंहदरबारस्थित देव गुरुङको कार्यकक्षमा भएको छलफलपछि प्रचण्ड माधव पक्षका नेताहरु सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेर कुराकानी गरेका थिए ।

गुरुङको कार्यकक्षमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच भएको छलफलमा तत्काल अविश्वास प्रस्ताव अघि नबढाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए । उनका अनुसार नेपाली काँग्रेसले अविश्वास प्रस्तावबारे क्लियर कुरा नगरेकाले तत्काललाई सो प्रस्ताव अघि नबढाउने निष्कर्षमा नेतृत्व पुगेको हो ।

‘अविश्वास प्रस्ताव अघि बढाउन काँग्रेसको साथ आवश्यक छ । तर, उसले अविश्वास प्रस्तावको पक्षमा साथ दिने वा नदिने कुनै निर्णय गर्न सकेको छैन जसले गर्दा पुर्व योजना तत्काल अघि बढाउन असमर्थ भएको हो’ ती नेताले भने, ‘अव केही दिन पर्ख र हेरकै स्थिति हुने भो ।’

यो सँगै प्रचण्ड–माधवले संसदमा दर्ता गरेको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावले आफै अप्ठ्यारोमा पर्दै गएका छन् । संसदमा अविश्वासको प्रस्ताव फेल भएपछि पुनः एक वर्ष लान नपाउने संवैधानीक व्यवस्था रहेको छ । यस पटक प्रचण्ड–माधव समूहले प्रधानमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव फेल भएमा उक्त समूहको मात्र नभई दक्षिणपन्थीको नै पराजय हुने भएको छ । कांग्रेसले पचण्ड–माधवलाई साथ नदिएमा आफुले खनेको खाल्डोमा आफै प्रचण्ड–माधव समूह पर्ने भएका छन् ।

काँग्रेसले नेकपा कानुनी रुपमा विभाजित भएमात्रै आफ्नो धारणा क्लियर गनुपर्ने शुक्रबार बसेको दलको बैठकमा सांसदहरुले दवाव दिएका थिए । ‘निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय गरिसकेको अवस्था छैन । यस्तो अवस्थामा प्रचण्ड–माधव वा ओली कसैलाई सहयोग गर्ने(नगर्ने भन्नेमा काँग्रेसलाई हतार छैन’, काँग्रेस नेता डा। मिनेन्द्र रिजालको भनाइ छ ।

यसअघि नेपाली काँग्रेस संसदीय दलको बैठकमा नेकपाले अविश्वास प्रस्ताव लैजाँदा काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम राख्नेबारे संवैधानिक खोजी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।