प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् ।

आज बिहान त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित खोप लगाएका हुन् ।

खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ ।

प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् । यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021